Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्रीले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका छन्। केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका खत्री बुधबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका हुन्।

पत्रकारितामा रहँदै आएका बेला पनि रास्वपाप्रति सकारात्मक धारणा राख्दै आएका खत्रीले पार्टी सभापति रवि लामिछानेसँग कारागारमा दुईपटक भएको छलफलपछि पार्टी प्रवेश गरेको जनाइएको छ। उनको पार्टी प्रवेश कार्यक्रम रास्वपाको घन्टीघरस्थित कार्यालयमा भएको थियो, जहाँ शुभेच्छुक र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा पार्टी नेताहरूले उनलाई ब्याच लगाइदिएर स्वागत गरे।

खत्रीलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापाविरुद्ध उम्मेदवार बनाउने चर्चा भए पनि उनले यसबारे स्पष्ट जवाफ दिएका छैनन्। उनी सोही क्षेत्रका मतदाता भए पनि कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने निर्णय भइनसकेको बताएका छन्। रास्वपाले उम्मेदवार छनोट प्राइमरी इलेक्सनमार्फत गर्ने जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया