Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – पछिल्लो समय जापान जाने चिनियाँ पर्यटकको वृद्धिदरमा उल्लेख्य सुस्तता आएको छ । गत नोभेम्बर महिनामा अघिल्लो वर्षको तुलनामा चीनबाट जापान जाने पर्यटकको वृद्धिदर मात्र ३ प्रतिशतमा सीमित भएको हो ।

कोरोना महामारीको अन्त्यपछि दोहोरो अंकको वृद्धिदर देखाइरहेको चिनियाँ पर्यटकको संख्यामा आएको यो गिरावटलाई अर्थपूर्ण मानिएको छ । नोभेम्बरको मध्यतिर चिनियाँ सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न दिएको सुझाव (एडभाइजरी) ले पर्यटकको आवागमनमा प्रभाव पारेको देखिन्छ ।

जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार, नोभेम्बरमा करिब ५ लाख ६२ हजार ६ सय चिनियाँ नागरिकले जापान भ्रमण गरेका छन् । त्यस्तै, हङकङबाट जापान जाने पर्यटकको संख्यामा पनि ८.६ प्रतिशतले गिरावट आई २ लाख ७ हजार ६ सयमा झरेको छ ।

समग्र पर्यटक आगमनमा नयाँ कीर्तिमान
चीनबाट हुने पर्यटक आगमनमा सुस्तता देखिए पनि समग्रमा जापान जाने विदेशी पर्यटकको संख्यामा भने ऐतिहासिक वृद्धि भएको छ । तथ्यांकअनुसार नोभेम्बर महिनामा कुल विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४ प्रतिशतले बढेर करिब ३५ लाख २० हजार पुगेको छ । नोभेम्बर महिनाका लागि यो अहिलेसम्मकै उच्च कीर्तिमान हो ।

  • दक्षिण कोरिया: १० प्रतिशतले वृद्धि (८ लाख २४ हजार ५ सय जना)

  • ताइवान: ११.१ प्रतिशतले वृद्धि (५ लाख ४२ हजार ४ सय जना)

  • अमेरिका: २२.२ प्रतिशतले वृद्धि (३ लाख २ हजार ५ सय जना)

यस वर्षको जनवरीदेखि नोभेम्बरसम्मको तथ्यांक हेर्दा जापान पुग्ने विदेशी पर्यटकको कुल संख्या ३ करोड ९० लाख नाघेको छ । यो संख्या पनि ऐतिहासिक रूपमा उच्च हो र करोडको आँकडा नजिक पुगेको छ ।

तपाईको प्रतिक्रिया