समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ थियो। त्यसअनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।








