समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत जारी मतदान आज बेलुका ८ बजेसम्म सकिने अनुमान गरिएको छ।
बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेसँगै प्रक्रिया सुरु भएको हो। मतदानमा एक जनाले झन्डै आधा घण्टा समय लाग्ने भएकाले मतदान ढिला भइरहेको छ। यही अवस्थालाई आधार मान्दै बेलुका ८ बजेसम्म मतदान सकिने अनुमान गरिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले जानकारी दिए।
अध्यक्ष उम्मेदवार ओलीले मतदान गर्न करिब ५५ मिनेट समय लगाएका थिए। हालसम्म करिब ३ सय २० मत खसेको बताइएको छ।मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने रिमालले बताएका छन्।








