Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ६ बजेदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो ४ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले समय सरेको हो। एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान बेलुका ६ बजेदेखि सुरु हुने जानकारी दिए।

एमाले नेतृ सुनिता बरालले पनि प्राविधिक समस्याका कारण मतदान ढिला भएको बताइन्। उनका अनुसार बिहानदेखि नै मतदानको तयारी भए पनि उम्मेदवारी दर्तापछि नामहरू प्राविधिक प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको छ। उनले आवश्यक काम नसकिँदा मतदान अर्को दिनसम्म पनि जान सक्ने सम्भावना रहेको बताइन्।

विद्युतीय भोटिङ मेसिन व्यवस्थापन गर्ने राम–लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले बिहान १० बजेमै कोडिङ सकिए पनि उम्मेदवारहरूको नामावलीको क्रम मिलाउन फेरि काम गर्नुपरेकाले समय लागेको बताए। यही कारणले मतदान सुरु हुन ढिलाइ भएको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया