Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले ठुला दरका भारतीय रुपैयाँ नेपालमा चलनचल्तीका लागि खुला गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँको सीमासम्म भारतबाट नेपालमा ल्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ।

भारतले ८ नोभेम्बर २०१६ मा नोटबन्दी घोषणा गरेपछि नेपालमा ठुला दरका भारतीय नोट प्रतिबन्धित थिए। त्यस क्रममा नेपालले पनि २४ कात्तिक २०७३ देखि ५०० र १ हजार दरका नोट चलनचल्तीमा रोक लगाएको थियो। करिब एक दशकपछि सरकारले पुनः २०० र ५०० दरका नोट खुला गरेको हो।

यसअघि भारतीय रिजर्भ बैंकले पनि सय रुपैयाँभन्दा माथिका नोट नेपालमा ल्याउन र लैजान सकिने व्यवस्था गरेको थियो। यस निर्णयले सीमा क्षेत्रको कारोबार र आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया