Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानका महत्वपूर्ण सुरक्षा निकाय र दुर्गम टापुहरू वरपर विदेशी नागरिक तथा संस्थाहरूले ठूलो संख्यामा घरजग्गा खरिद गरेको पाइएको छ । आर्थिक वर्ष २०२४ मा मात्रै ३ हजार ४ सय ९८ वटा यस्ता संवेदनशील सम्पत्ति खरिद भएको र त्यसमा झन्डै आधा हिस्सा चिनियाँहरूको रहेको मंगलबार सार्वजनिक सरकारी अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री सानाय ताकाइचीको प्रशासनले विदेशी घरजग्गा स्वामित्वको यथार्थ विवरण बुझ्न र नियमन गर्न नयाँ कदम चाल्ने भएको छ । सरकारको घोषणा अनुसार, अप्रिल २०२६ देखि वन क्षेत्र वा राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिने जग्गा खरिद गर्दा कर्पोरेट संस्थाहरूले आफ्ना प्रमुखको र व्यक्तिले आफ्नो राष्ट्रियता अनिवार्य रूपमा खुलाउनुपर्नेछ ।

सन् २०२२ मा लागू भएको कानुनअन्तर्गत ‘निगरानी क्षेत्र’ वा ‘विशेष निगरानी क्षेत्र’ तोकिएका ५ सय ८३ स्थान वरपर यी खरिदहरू भएका हुन् । जापानका ४७ मध्ये ३७ प्रिफेक्चरमा विदेशीहरूले जग्गा र भवन जोडेका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी चीनले १ हजार ६ सय ७४ वटा सम्पत्ति खरिद गरेको छ भने ताइवानले ४१४, दक्षिण कोरियाले ३७८ र अमेरिकाले २११ वटा सम्पत्ति जोडेका छन् । क्षेत्रगत रूपमा हेर्दा टोकियोमा सर्वाधिक १ हजार ५ सय ५८ वटा घरजग्गा खरिद भएका छन्, जसमध्ये केही जापानी सेना र अमेरिकी फौजी अखडा नजिक रहेका छन्। टोकियोपछि कानागावा, चिबा, होक्काइडो र फुकुओकामा धेरै खरिद भएको छ ।

आर्थिक सुरक्षा मन्त्री किमी ओनोदाले सम्पत्तिको प्रयोगबाट राष्ट्रिय कार्यमा बाधा नपुगोस् भन्नका लागि कडा निगरानी र उपायहरू अपनाइने बताएकी छिन् । हालसम्म खरिद गरिएका सम्पत्तिहरूमा कुनै रोक लगाइएको छैन । अधिकांश चिनियाँ खरिदकर्ताले टोकियो क्षेत्रमा लगानीको उद्देश्यले अपार्टमेन्टहरू किनेको मन्त्रिपरिषद् कार्यालयको अनुमान छ ।

तपाईको प्रतिक्रिया