Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन्। बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षे रुद्रकली र छ वर्षे खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा आइपुगेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार हाल ती हात्तीलाई विमानस्थल नजिकको खाली जग्गामा राखिएको छ। सोमबार सौराहाबाट विशेष खोरसहित ट्रकमार्फत ती हात्ती भैरहवा पठाइएको थियो।

बुधबार नै वन तथा वातावरण मन्त्रालयका सचिव र राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरूले ती हात्ती कतारी दूतावासलाई हस्तान्तरण गर्नेछन्। त्यसपछि कार्गो विमानमार्फत हात्ती कतार पठाइनेछ। नेपालले यसअघि पनि विभिन्न देशलाई वन्यजन्तु उपहार दिँदै आएको छ। दुई देशबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले पहिलोपटक हात्ती उपहारस्वरूप पठाउन लागिएको हो।

तपाईको प्रतिक्रिया