समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ। निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य समायोजनको जानकारी दिएको थियो। ।
नयाँ मूल्यअनुसार मंगलबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य र लागत संरचनाका आधारमा मूल्य समायोजन गरिएको हो।








