Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको फुकुओकामा सोमबार भएको छुरा प्रहारको घटनामा एक महिला र जापानी आइडल समूह ‘एचकेटी ४८’का एक कर्मचारी घाइते भएका छन् । ज्यान मार्ने उद्योगको अभियोगमा प्रहरीले ३० वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फुकुओका सहरसँग जोडिएको अर्को सहरमा बस्ने ३० वर्षीय संदिग्ध नाओया यामागुचीले घटनाको जिम्मेवारी स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको विश्वास गरिएको एउटा चक्कु पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार पहिलो आक्रमण ४४ वर्षीय इभेन्ट कर्मचारीमाथि भएको थियो । मिजुहो पेपे डोम फुकुओका रंगशालाको भिआईपी पार्किङ क्षेत्रको लिफ्ट हलमा संदिग्ध व्यक्तिलाई सचेत गराउने क्रममा ती कर्मचारीमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यस्तै, अर्की पीडित ओकायामा प्रिफेक्चरको कुरासिकी निवासी २७ वर्षीया महिला हुन् । उनी रंगशालामा आयोजित एक पुरुष आइडल समूहको प्रत्यक्ष कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी थिइन् ।

ती महिलामाथि नजिकैको ‘बोस ई जो फुकुओका‘ नामक मनोरञ्जन केन्द्रमा छुरा प्रहार भएको थियो। यो स्थान सहरमा आधारित एचकेटी ४८ समूहले कन्सर्ट र फ्यान इभेन्टहरू आयोजना गर्ने प्रमुख थलो हो । ती महिला त्यहाँ आफ्ना साथीलाई भेट्ने योजनामा थिइन् । छुरा प्रहारबाट घाइते भएका दुवै जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया