Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशमा हुने विभिन्न आन्दोलनका क्रममा प्रहरी सधैँ निशानामा पर्ने गरेको गुनासो गरेका छन्। जेनजी आन्दोलनका बेला आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रहरीलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने गरेको गुनासो गरेका छन्। प्रहरीमाथि हुने आक्रमण रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। ।

आईजीपी कार्कीले आन्दोलनका क्रममा प्रहरी संरचनाहरू ध्वस्त बनाउने प्रवृत्ति दोहोरिँदै आएको उल्लेख गर्दै यस्तो अवस्थाको अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्ने बताए। यसका लागि उनले मातहतका प्रहरी कर्मचारीलाई नागरिकसँग साझेदारी गरेर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन्। जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको बौद्ध प्रहरी कार्यालयको संरचना पुनर्निर्माणपछि पुनः उद्घाटन गरिएको हो।

 

 

 

तपाईको प्रतिक्रिया