समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको आकस्मिक रूपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन्।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज मंसिर २८ गतेदेखि बन्दसत्र सुरु हुँदै छ। नेताहरूका अनुसार केन्द्रीय कमिटी बैठक सकिएपछि भृकुटीमण्डपमै बन्दसत्र सुरु गरिनेछ।
अध्यक्ष ओली युवाहरूको सुरक्षा घेरासहित भृकुटीमण्डप पुगेका हुन्। उनको अघिपछि एमालेका स्वयंसेवक प्रयोगमा रहेका गाडीहरू थिए। ओली पुगेपछि केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी रहेको संस्थापन पक्षनिकट स्रोतले जनाएको छ।








