Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फुटबल स्टार लियोनेल मेस्सी शनिबार ‘ग्रेटेस्ट अफ अल टाइम’ (जीओएटी) भ्रमणका क्रममा भारतको कोलकाता पुगेका छन्। उनले साल्ट लेक स्टेडियममा आयोजित कार्यक्रममा सहभागिता जनाए। तर मेस्सीको एक झलक हेर्न रंगशालामा भेला भएका फ्यानहरू व्यवस्थापन कमजोर भएको भन्दै आक्रोशित बने। उनीहरूले मेस्सीलाई हेर्न आएका भए पनि खराब व्यवस्थाका कारण उनलाई देख्न नपाएको गुनासो गरे।

आक्रोशित फ्यानहरूले कुर्सी र बोतल फ्याँकेर रंगशालामा तोडफोड गरेको तस्बिरहरू सार्वजनिक भएका छन्। फ्यानहरूले कार्यक्रमको अव्यवस्थाका लागि आयोजकलाई दोष दिँदै टिकटको पैसा फिर्ता माग गरेका छन्। एक फ्यानले सबैभन्दा सस्तो टिकटको मूल्य ५,००० भारतीय रुपैयाँ रहेको तर त्यति पैसा तिरेर पनि मेस्सी देख्न नपाएको बताए। केही फ्यानहरूले प्रहरीले आफूहरूमाथि कडा व्यवहार गरेको आरोप पनि लगाए।

अर्का फ्यानहरूले पनि पैसा फिर्ता माग गर्दै मन्त्रीहरू आफ्ना बच्चासहित कार्यक्रम स्थलमा उपस्थित भए पनि सर्वसाधारणले मेस्सी देख्न नपाएको गुनासो गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया