Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – कोबे जिल्ला सरकारी वकिलको कार्यालयले २४ वर्षीया युवतीको हत्या आरोपमा ३६ वर्षीय मासाशी तानिमोतो विरुद्ध हत्या र ‘स्टकिङ रोकथाम ऐन’ उल्लंघनको मुद्दा दायर गरेको छ । तीन महिना लामो मानसिक स्वास्थ्य परीक्षणपछि अभियोजन पक्षले अभियुक्त तानिमोतो आपराधिक दायित्व वहन गर्न मानसिक रूपमा सक्षम रहेको ठहर गर्दै मुद्दा अघि बढाएको हो ।

टोकियोका बासिन्दा तथा कम्पनीका कर्मचारी तानिमोतोमाथि गत अगस्ट २० को साँझ कोबेको चुओ वार्डस्थित एक अपार्टमेन्टको लिफ्टभित्र मेगुमी कातायामाको हत्या गरेको आरोप छ । अभियोग पत्रका अनुसार, उनले मेगुमीलाई लिफ्टभित्र चक्कुले पटक-पटक प्रहार गरेका थिए । सीसीटीभी फुटेजमा अभियुक्तले ती युवतीलाई पछ्याउँदै ‘अटो-लक’ ढोका पार गरेर लिफ्टसम्म पुगेको देखिएको छ ।

प्रहरीसमक्ष बयान दिँदै तानिमोतोले भनेका छन्, ‘लिफ्टमा मैले उनलाई मेरो नियन्त्रणमा लिन खोजें, तर उनी चिच्याउन थालेपछि मैले छुरा प्रहार गरें ।’ उनले घटनाको दुई दिनअघि ती युवतीलाई देखेको र ‘आफ्नो रोजाइको’ लागेपछि पिछा गर्न थालेको बताएका छन् । उनी बिदा मनाउन कोबे आएका थिए । गम्भीर चिन्ताको विषय के छ भने, तानिमोतो यसअघि पनि यस्तै अपराधमा मुछिएका व्यक्ति हुन् ।

सन् २०२२ मा कोबेमै अर्की एक महिलालाई पाँच महिनासम्म पिछा गरी कोठामा प्रवेश गरेर घाँटी थिचेको अभियोगमा उनलाई अदालतले ३० महिनाको ‘सस्पेन्डेड’ (निलम्बित) जेल सजाय सुनाएको थियो । सोही सजायको अवधिमा उनले यो जघन्य अपराध गरेका हुन् ।

तपाईको प्रतिक्रिया