Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको राजधानी टोकियोको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए) ले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।

जेएमएका अनुसार शुक्रबार साँझ ७:०५ बजे दक्षिणी इबाराकी प्रिफेक्चरमा उक्त भूकम्प गएको हो । जापानी मापन स्केल अनुसार भूकम्पको अधिकतम तीव्रता ७ मध्ये ४ मापन गरिएको छ । यस्तै, मध्य टोकियोमा भने यसको तीव्रता ३ महसुस गरिएको थियो ।

यसअघि शुक्रबार नै बिहान ११:४४ बजे आओमोरी प्रिफेक्चरको पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्प जमिनको सतहबाट १७ किलोमिटर तल गएको बताइएको छ ।

उक्त शक्तिशाली भूकम्पपछि होक्काइडो र आओमोरीका केही भागमा २० सेन्टिमिटरसम्म अग्लो सुनामीको छाल देखिएको थियो । यद्यपि, अधिकारीहरूले दिउँसो नै सुनामीको चेतावनी फिर्ता लिएका थिए । एकै दिन दुईवटा भूकम्प महसुस गरिए पनि हालसम्म ठूलो क्षतिको विवरण भने प्राप्त भएको छैन ।

 

तपाईको प्रतिक्रिया