Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी समूह र सरकारबीच भएको सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी गरेका छन् ।

बिहीबार सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए। सम्झौतामा सरकारको धारणा कमजोर र अव्यवस्थित रूपमा प्रस्तुत भएको उनको भनाइ थियो।

‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’

तपाईको प्रतिक्रिया