Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतहरूले आज आफ्नो ओहोदाको पत्र (प्रमाणपत्र) पेश गरेका छन्। प्रमाणपत्र बुझाउने कार्यक्रम राष्ट्रपति कार्यालय, शीतलनिवासमा छुट्टाछुट्टै औपचारिक समारोहमार्फत सम्पन्न भएको थियो।

प्रमाणपत्र बुझाउने राजदूतहरूमा—

  • उज्वेकिस्तानका सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ

  • रोमानियाकी सेना लतिफ

  • ताजिकिस्तानका लुक्मोर बोबोकालोन्जोदा

  • आइसल्याण्डका बेनेडिक्ट हेओस्कुल्द्सन

  • क्युवाका हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटबाट शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।

तपाईको प्रतिक्रिया