समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार (मंसिर २४) सुनको मूल्य सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई सय रुपैयाँले बढेर दुई लाख ५२ हजार एक सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा डेढ सय रुपैयाँले बढेको छ। मंगलबार तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तीन हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








