Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

बेइजिङ – जापानी लडाकु विमानमा ‘राडार लक’ गरिएको घटनालाई लिएर विवाद बढिरहँदा चिनियाँ सेनाले मङ्गलबार एक अडियो रेकर्ड सार्वजनिक गरेको छ । उक्त अडियोमार्फत चीनले उडान अभ्यास सुरु गर्नुअघि नै जापानलाई यसबारे जानकारी गराएको दाबी गरेको छ ।

शनिबार ओकिनावाको दक्षिणपूर्वमा चिनियाँ र जापानी वायुसेनाबीच भएको यो घटनाले दुई देशबीचको द्विपक्षीय तनावलाई थप बढाएको छ । जापानले चिनियाँ कदमप्रति कडा आपत्ति जनाएको छ भने बेइजिङले जापानी विमानहरूले नजिकबाट जासुसी गरेको र अभ्यासमा अवरोध पुर्‍याएको भन्दै उल्टै प्रतिवाद गरेको छ ।

जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले चीनले अभ्यासका लागि ‘नोटिस टु एयर मिसन’ जस्ता कुनै पनि आधिकारिक पूर्वसूचना जारी नगरेको बताएका छन् । यद्यपि, चीनले सार्वजनिक गरेको अडियोमा चिनियाँ नौसेनाको जहाजले चिनियाँ र अङ्ग्रेजी भाषामा अभ्यासको जानकारी दिएको र जापानी जहाजले सो सन्देश प्राप्त गरेको सुनिएको दाबी गरिएको छ ।

जापानी रक्षा मन्त्रालयका अनुसार चिनियाँ विमानवाहक पोत लियाओनिङबाट उडेका जे-१५ विमानले जापानी एफ-१५ विमानमा दुई पटक राडार लक गरेका थिए । सामान्यतया राडार लकलाई हतियार प्रहारको तयारी वा शत्रुवत व्यवहार मानिन्छ । यता, चिनियाँ विदेश मन्त्रालयले भने जापानी विमानहरू अभ्यास क्षेत्रको ५० किलोमिटर भित्र प्रवेश गरेको र उडान सुरक्षाका लागि सर्च राडार सक्रिय गर्नु सामान्य प्रक्रिया भएको बताएको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले हालै ताइवानमाथिको आक्रमण जापानका लागि अस्तित्वको सङ्कट हुन सक्ने भनी दिएको अभिव्यक्तिपछि दुई छिमेकी राष्ट्रबीच कूटनीतिक तिक्तता बढेको अवस्थामा यो घटना भएको हो ।

तपाईको प्रतिक्रिया