Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – पश्चिमी जापानको सिगा प्रिफेक्चरल सरकारले एक ऐतिहासिक पुरातात्विक उपलब्धि हासिल गरेको घोषणा गरेको छ । जापानको सबैभन्दा ठूलो ताल ‘लेक बिवा’को पिँधमा १० हजार वर्षभन्दा पुरानो मानिने माटोको भाँडो लगभग सग्लो (पूर्ण) अवस्थामा फेला परेको छ ।

प्रारम्भिक ‘जोमोन काल’ (करिब ११,००० देखि १०,५०० वर्ष अघि) को अनुमान गरिएको यो पुरातात्विक वस्तु, सुजुराओजाकीको पानीमुनि रहेको पुरातात्विक क्षेत्रमा फेला परेको अहिलेसम्मकै सबैभन्दा पुरानो माटोको भाँडो भएको विश्वास गरिएको छ ।

सांस्कृतिक मामिला एजेन्सीद्वारा कमिसन गरिएको एक परियोजना अन्तर्गत, प्रिफेक्चरल सरकारले गत अक्टोबरमा तालको पिँधमा सर्वेक्षण गरेको थियो । सो क्रममा चारवटा क्यामेरा जडान गरिएको मानवरहित पानीमुनि चल्ने सवारीमार्फत करिब ६४ मिटरको गहिराइमा तस्बिर र भिडियोहरू खिचिएको थियो ।

सरकारले तालको पिँधको बनावट र अवशेषहरू रहेको स्थान देखाउने थ्रीडी नक्सा तयार पारेको थियो । सोही तस्विरको विश्लेषण गर्दा तोपको गोला आकारको २५ सेन्टिमिटर अग्लो उक्त भाँडो पत्ता लागेको हो ।

पुरातात्विक महत्व

सतहमा दोहोरिने ढाँचाहरू कुँदिएको यस प्रकारको भाँडोलाई ‘ओसिगाता-मोन डोकी’ भनिन्छ । यसको बनावट हेर्दा यसलाई कुनै खानेकुरा उमाल्नका लागि प्रयोग गरिने भाँडोको रूपमा व्याख्या गरिएको छ ।

सोही क्षेत्र नजिकै ५औं शताब्दीको मध्यतिरको ‘कोफुन काल’ मा निर्मित ‘हाजी’ शैलीका छ वटा माटाका जारहरू र कालखण्ड यकिन नभएको अर्को एउटा भाँडो पनि फेला परेको छ । भेटिएका छ वटा जारमध्ये तीनवटा एकै लहरमा लडिरहेको अवस्थामा भेटिएकाले ती कुनै जहाजको कार्गो (सामान) को हिस्सा हुन सक्ने र दुर्घटनावश पानीमा खसेको हुन सक्ने अनुमान गरिएको छ । सिगा सरकारले हाललाई ती पुरातात्विक वस्तुहरूलाई पानीबाहिर ननिकाली यथास्थानमै सुरक्षित राख्ने योजना बनाएको छ ।

लेक बिवामा ७८ वटा पानीमुनिका पुरातात्विक साइटहरू रहेका छन् । सुजुराओजाकी साइट सन् १९२४ मा एक माछा व्यवसायीको जालमा पुरानो भाँडो फसेपछि पत्ता लागेको थियो । अहिलेसम्म यस क्षेत्रबाट प्रारम्भिक जोमोन कालदेखि हेइआन कालको अन्त्यसम्मका करिब २०० वटा माटोका भाँडाहरू फेला परिसकेका छन् ।

तपाईको प्रतिक्रिया