समाचार सुन्नुहोस :
काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य २ लाख ५२ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ३ हजार ६ सय ५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार १९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








