समाचार सुन्नुहोस :
काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनका कारण आन्तरिक बजारमा सुन–चाँदीको मूल्य लगातार बढिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) एक तोला सुनको मूल्य रू २,५४,१०० पुगेको छ। त्यसैगरी चाँदी प्रतितोला रू ३,६५५ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनभन्दा रू ११० ले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला रू २,५३,३०० थियो भने चाँदी रू ३,५४५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,२२६ अमेरिकी डलर र एक औँस चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।








