समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राजसंस्था पुनस्थापना अभियानका अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छन्। मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता तय गरिएको छ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि प्रसाईंले वार्ता गरेका थिए। त्यसपछि प्रधानमन्त्रीसँग पनि छलफल गर्न बोलाइएको हो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई मंसिर २२ गते दिउँसो ३ बजे भेटवार्ताका लागि आधिकारिक पत्र पठाएको जनाइएको छ।








