Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – तीन दिनयता चाँदीको मूल्य लगातार नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ। आज मंगलबार पनि चाँदी प्रतितोला १० रुपैयाँ बढेर ३ हजार ५४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ५३५ रुपैयाँ थियो भने आइतबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। असोज ३१ गते रहेको पुरानो उच्च मूल्य आइतबार नै तोडिएको थियो।

यसैबीच, सुनको भाउ भने आज सामान्य रूपमा घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँ कम भई आज २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको कारोबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा भएको थियो। सुनको मूल्य असोज ३१ गते हालसम्मकै उच्च स्तर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

 

 

तपाईको प्रतिक्रिया