Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा संयुक्तको कार्यवाहक अध्यक्षमा घनश्याम भूसाल चयन भएका छन्। अध्यक्ष चन्द्रदेव जोशीले विशेष महाधिवेशन आयोजक समिति बैठकमार्फत भूसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्। सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जोशीले पार्टीको जिम्मेवारी भूसाललाई दिइसकेको जानकारी दिए।

जिम्मेवारी सम्हालेपछि कार्यवाहक अध्यक्ष भूसालले जेन-जी आन्दोलनका बाबजुद पनि राजनीतिक नेताहरूले आवश्यक पाठ नसिकेको टिप्पणी गरे।उनका भने, ‘राजनीतिक रूपमा सिक्नुपर्ने धेरै कुरा थियो, तर भएन। सत्ता राजनीतिको खेल निराशाजनक बन्दै गइरहेको छ। उही पुराना अनुहारहरू पुनः राजनीतिमै फर्किएका छन्।’

अध्यक्ष जोशीले पनि कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा परेको बताए। उनका शब्दमा, ‘जनतामा कम्युनिस्ट आन्दोलनप्रति विश्वास कमजोर हुँदै गएको छ। सबै नेताहरू एउटै जस्तै लाग्ने आरोप पनि बढेको छ।” दलदलमा फसेको आन्दोलनलाई बाहिर निकाल्न सजिलो नभएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया