Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज खेल्दै छन्। खेल अपराह्न ३:३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले अहिलेसम्म चार खेल खेलेको छ, जसमध्ये केवल एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित कर्णाली तालिकाको छैटौँ स्थानमा छ। प्लेअफमा पुग्न कर्णालीका लागि आजको खेल जित्नु अत्यन्त महत्वपूर्ण छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाजले पाँच खेलमध्ये सबैमा जित निकालेर तालिकाको तेस्रो स्थानमा स्थान बनाएको छ। प्लेअफ नजिक पुग्न काठमाडौंका लागि पनि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

 

 

तपाईको प्रतिक्रिया