Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा एकलौटी गरिएकाे आरोप लगाउँदै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिष्कार गरेको छ। बहिष्कारअघि केही मतदान केन्द्रमा तोडफोडसमेत गरिएको थियो। सर्वसम्मति हुन नसकेको ठाउँमा आज प्रतिनिधि छनोटका लागि मतदान भइरहेको छ।

धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली निकट गरी दुई समूह बनेका छन्। पराजुली पक्षले राई समूहले मतदातालाई नजानीकन एकलौटी रूपमा निर्वाचन चलाएको आरोप लगाएको छ। पराजुलीले फर्जी मत हालिएको भेटिएपछि विरोधस्वरूप मतपेटिका फालिएको र पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताएका छन्।

उनका अनुसार हिजो ९/४ को सहमति बनेको थियो, जसअनुसार ९ जना राई पक्ष र ४ जना इतर समूहबाट प्रतिनिधि हुने तय थियो। सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट मतदान सुरु भएको पराजुलीको दाबी छ। तर राईले भने सर्वसम्मति नबनेपछि सामान्य प्रक्रिया अनुसार निर्वाचन भएको र पराजयको डरले विपक्षी समूहले अराजकता गरेको आरोप लगाए।

तपाईको प्रतिक्रिया