Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी वामपन्थी एकताको पक्षमा रहेको बताएका छन्। धनगढीमा आयोजित ‘एकता सन्देश सभा’मा बोल्दै उनले १५ वटा वाम घटकलाई एउटै ठाउँमा ल्याएर रेकर्ड कायम गरेको दाबी गरे। उनका अनुसार, वामपन्थी शक्ति एक ठाउँमा समेट्न आफ्नो पार्टीले निरन्तर प्रयास गरिरहेको छ।

प्रचण्डले एमालेतर्फ पनि ध्यान रहेको उल्लेख गर्दै भने, “एमालेभित्र रहेका सबै वामपन्थी, देशभक्त र परिवर्तन चाहनेहरूलाई पनि यही पार्टीमा केंद्रित हुनुपर्ने हाम्रो आग्रह छ।” उनका अनुसार, सबै वामधारालाई समाउन सक्ने भएकै कारण पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको हो।

उनले थपे, “अब कोही माओवादी छैन, कोही एकीकृत समाजवादी छैन। सबै मिलेर नयाँ रूपमा अघि बढ्ने समय आएको छ।”

तपाईको प्रतिक्रिया