Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्य फेरि बढ्दै साढे २ लाख रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तय गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

गत एक साताको अवधिमै सुनको मूल्य करिब ९ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो। सुनको अहिलेसम्मकै उच्च रेकर्ड असोज ३१ गते दर्ज भएको हो। जब यसको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ पनि रेकर्ड नजिक छ। महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ निर्धारण गरेको छ। जुन असोज ३१ गतेको ३३५० रुपैयाँ रेकर्डभन्दा थोरै मात्र कम हो। चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३२८० रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया