Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँलाई तुरुन्त रिहा गर्न निर्देश दिएको हो।

यसअघि, बिहीबार सर्वोच्च अदालतले प्रसाईँलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई थुन्नुको आधार तथा कारणसहित अदालतमा पेस गर्न भनेको थियो। प्रसाईँका छोरा निराजन प्रसाईँले बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।

मेडिकल व्यवसायी प्रसाईँलाई सार्वजनिक शान्ति भंग हुने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरमा राखेको थियो। उनीलाई गत सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ गरिएको हो। प्रसाईँका सुरक्षा सहयोगी दीपक खड्का पनि प्रहरी हिरासतमा रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया