समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमाथि विराटनगरमा प्रदर्शनकारीहरूले रातो रङ फ्याँकेर विरोध जनाएका छन्। आज बिहान विराटनगर विमानस्थलबाट बाहिरिँदै गर्दा बस्नेतको गाडीलाई लक्षित गर्दै सांकेतिक रूपमा रातो मसि प्रहार गरिएको हो।
‘जेनजी’ समूहका प्रदर्शनकारीहरूले बस्नेतविरुद्ध नाराबाजी पनि गरेका थिए। गाडीमा रातो मसि फ्याँकिएको घटनामा संलग्न आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस्नेत नेकपा एमालेले सुनसरीको इटहरीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका थिए। पछिल्लो समय ‘जेनजी’ समूहले मधेस प्रदेशका विभिन्न क्षेत्रमा बस्नेतविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ। यसअघि बाराको सिमरामा पनि बस्नेत सहभागी हुने कार्यक्रममा जेनजी समूह र प्रहरीबीच झडप भएको थियो।








