Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने अधिकारसमेत नभएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई यस्तो आरोप लगाएका हुन्।

ओलीले कार्कीलाई आगजनी, लुटपाट र भय फैलाउने घटना गरेर सरकारमा पुगेको आरोप लगाए। उनका अनुसार अहिलेको सरकारले शासन विधिको पालना गर्न सकेको छैन र सरकार अनधिकृत रूपमा गठन भएको दाबी गरे।

‘तपाईंसँग चुनाव गराउने अधिकार नै छैन,’ भन्दै उनले कार्कीलाई लोकतन्त्रमा विश्वास छ कि छैन भन्ने प्रश्नसमेत उठाए। ओलीले वर्तमान सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यतामा प्रश्न उठेको टिप्पणी गरे।

 

 

तपाईको प्रतिक्रिया