Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मलेसियाविरुद्धको पाँचौं र निर्णायक खेलमा ५ विकेटको जितसँगै नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ।

अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि रुबी पोदारले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक २६ रन योगदान गरिन्।

पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन जोडेको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन्। बलिङतर्फ नेपालकी कविता कुँवर र राजमती ऐरीले समान ३–३ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

तपाईको प्रतिक्रिया