Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपेली युरो, पाउण्डस्टर्लिङलगायत अधिकांश प्रमुख मुद्राहरूको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको छ । यो हिजोको तुलनामा बढेको हो ।

त्यसैगरी, युरोपेली युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा कायम भएको छ । बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेर खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९ पैसा पुगेको छ ।

अन्य प्रमुख मुद्राहरूको स्थिति:

  • अष्ट्रेलियन डलर: आज अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ ।

  • क्यानेडियन डलर: क्यानेडियन डलरको भाउ पनि उकालो लाग्दै खरिददर १०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

  • सिंगापुर डलर: सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकिएको छ ।

  • चिनियाँ युआन: चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा रहेको छ ।

  • जापानी येन: जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा पुगेको छ ।

साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराहलगायत मध्यपूर्वी मुद्राहरूको भाउ पनि बढेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा पुगेको छ ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको छ । दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा कायम भएको छ । आज हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसामा यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया