Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्य सूचकांकमा निरन्तर वृद्धि देखिएको छ । आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले टोकियोमा महँगीको मार यथावत् देखाएको हो ।

विशेषगरी खाद्यान्नको मूल्यमा तीव्र वृद्धिका कारण आम जनजीवनमा प्रत्यक्ष असर पारेको छ । गस्ट महिनामा टोकियोको मूल उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेर ११०.० मा पुगेको छ । यो मूल्यवृद्धिमा सबैभन्दा ठूलो योगदान खाद्यान्न क्षेत्रको रहेको छ । ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य औसत ६.९ प्रतिशतले बढेको छ, जसले दैनिक भान्साको खर्चमा उल्लेखनीय वृद्धि ल्याएको छ ।

चामलको मूल्यमा ४६.८ प्रतिशतको चकित पार्ने वृद्धि देखिएको छ भने चकलेट ५३.८ प्रतिशतले महँगिएको छ । यस्तै, कफीको दानाको मूल्यमा ४७.८ प्रतिशतले वृद्धि भएको छ । यी आँकडाहरूले उपभोक्ताहरूमा थप चिन्ता बढाएको छ ।

यद्यपि, टोकियो महानगरपालिकाले महँगीको मारमा परेका परिवारहरूलाई केही हदसम्म सन्तुलनमा राख्न महत्त्वपूर्ण कदम चालेको छ । सेप्टेम्बर १७ बाट लागू हुने गरी बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरिएपछि यस सेवाको शुल्कमा उल्लेख्य ६०.४ प्रतिशतको कमी आएको छ । यो पहलले कामकाजी अभिभावकहरूलाई ठूलो वित्तीय राहत प्रदान गरेको छ र महँगीले निम्त्याएको दबाबलाई केही हदसम्म कम गर्न मद्दत पुर्याएको छ ।

टोकियोको उपभोक्ता मूल्य सूचकाङ्कलाई सम्पूर्ण जापानको महँगीको प्रवृत्ति मूल्याङ्कन गर्ने एक प्रमुख सूचकका रूपमा हेरिने भएकाले, यो तथ्याङ्कले राष्ट्रिय स्तरमा पनि मूल्यवृद्धिको चाप कायम रहेको संकेत गर्छ । जापानको चालू महिना (सेप्टेम्बर) को उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ गते सार्वजनिक हुनेछ, जसले महँगीको समग्र अवस्थाबारे थप स्पष्ट पार्नेछ । यो मूल्यवृद्धिले आर्थिक पुनरुत्थानको प्रयास गरिरहेको जापानमा उपभोक्ताको क्रयशक्ति र जीवनयापनमा चुनौती थपेको छ ।

 

तपाईको प्रतिक्रिया