Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको प्रसिद्ध अटोमोबाइल निर्माता निसान मोटर कम्पनीले योकोहामास्थित आफ्नो मुख्य कार्यालय भवन अमेरिकी लगानी कोष केकेआर एन्ड कम्पनीलाई बिक्री गर्ने सम्भावना बढेको छ । बिहीबार सार्वजनिक भएको यस खबरले जापानी व्यापारिक क्षेत्रमा हलचल मच्चाएको छ । सूत्रहरूका अनुसार, यो सम्झौता करिब ९० अर्ब येन (लगभग ६०९ मिलियन अमेरिकी डलर) मा हुने अनुमान गरिएको छ।

निसानले यो बिक्रीबाट प्राप्त हुने रकम आफ्नो व्यावसायिक पुनर्संरचनाका लागतहरू पूर्ति गर्न प्रयोग गर्ने योजना बनाएको छ।  हाल कम्पनीले आफ्नो नाफा सुधार गर्न विश्वव्यापी रूपमा कर्मचारी कटौती उत्पादन क्षमता घटाएर आफ्नो सञ्चालनलाई नयाँ ढाँचामा लगिरहेको छ।

यो सम्झौता ‘सेल एन्ड लिजब्याक’ अर्थात् ‘बिक्री गरेर भाडामा लिने’ प्रक्रिया अन्तर्गत हुनेछ । यसको अर्थ, निसानले भवन बिक्री गरे पनि आगामी १० वर्षसम्म सोही भवनबाट आफ्नो कार्यालय सञ्चालन गरिरहनेछ । निसानले भवन बिक्रीका लागि आयोजना गरेको बोलकबोलमा केकेआरले सबैभन्दा उच्च प्रस्ताव पेस गरेको विश्वास गरिएको छ ।

यस बिक्रीको विषयमा निसानले सेप्टेम्बरको अन्त्यसम्ममा आधिकारिक निर्णय लिने अपेक्षा गरिएको छ । यो कदमलाई आर्थिक संकटबाट गुज्रिरहेको निसानले आफ्नो वित्तीय अवस्था सुधार्न र सञ्चालनलाई निरन्तरता दिन चालेको एक रणनीतिक कदमका रूपमा हेरिएको छ  ।

 

तपाईको प्रतिक्रिया