Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको तीन घण्टा लामो वार्तापछि युक्रेन युद्ध अन्त्यको प्रयासले नयाँ मोड लिएको छ । वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई टेलिफोन गरी वाशिङ्टन भ्रमणको निम्तो दिएका छन्, जसलाई जेलेन्स्कीले स्वीकार गरेका छन् ।

पुटिनसँगको भेटलगत्तै वाशिङ्टन फर्कने क्रममा विमानबाटै ट्रम्पले जेलेन्स्कीसँग संवाद गरेका थिए। ट्रम्पको निम्तोप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले आगामी सोमबार नै वाशिङ्टन पुगेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल गर्ने बताएका छन् । उनले भने, ‘राष्ट्रपति ट्रम्पले अलास्का वार्ता र त्यहाँ भएका मुख्य विषयबारे अवगत गराउनुभयो । युक्रेनमा शान्ति स्थापनाका लागि म अधिकतम प्रयत्न गर्न तत्पर छु ।’

यता, पुटिनसँगको वार्तालाई ‘धेरै प्रगतिपूर्ण’ भन्दै ट्रम्पले अब अन्तिम निर्णयको ‘बल जेलेन्स्कीको कोर्टमा’ रहेको बताएका छन्। उनले भने, ‘धेरै बुँदामा सहमति भएको छ, तर अन्तिम सम्झौता हुन बाँकी छ । अब यो जेलेन्स्कीमा निर्भर रहन्छ ।’

यसबीच, रुसी राष्ट्रपति पुटिनले भने युद्धविरामका लागि आफ्ना पुराना चार अडानहरू कायमै राखेका छन् । युक्रेनको ठूलो भू-भाग रुसी नियन्त्रणमा रहने, सेना कटौती गर्ने, नेटोमा सहभागी नहुने र युक्रेनको सरकार परिवर्तन गर्ने उनका मुख्य मागहरू हुन्, जसलाई युक्रेन र पश्चिमा मुलुकहरूले अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया