Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरको बिक्री दर १४० रुपैयाँ नाघेको छ ।

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ६१ पैसा र बिक्री दर १४० रुपैयाँ २१ पैसा कायम भएको छ । त्यसैगरी, युरोपेली युरोको भाउ पनि बढेर प्रति युरो खरिद दर १६३ रुपैयाँ ५२ पैसा र बिक्री दर १६४ रुपैयाँ २२ पैसा पुगेको छ ।

अन्य प्रमुख मुद्राहरूमा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १८९ रुपैयाँ ४९ पैसा र बिक्री दर १९० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ४७ पैसा र क्यानेडियन डलरको १०१ रुपैयाँ ४६ पैसा रहेको छ ।

खाडी मुलुक तथा मलेसियाका मुद्राहरूमा साउदी रियालको खरिद दर ३७ रुपैयाँ २१ पैसा, कतारी रियालको ३८ रुपैयाँ ३० पैसा, युएई दिरामको ३८ रुपैयाँ ०१ पैसा र मलेसियन रिङ्गिटको ३३ रुपैयाँ १८ पैसा कायम भएको छ ।

एसियाली मुद्राहरूमा चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ४६ पैसा, जापानी येन (१०) को ९ रुपैयाँ ४६ पैसा र दक्षिण कोरियाली वन (१००) को १० रुपैयाँ १२ पैसा रहेको छ ।

भारतीय रुपैयाँसँगको विनिमय दर भने स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया