Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको ओमोरी प्रिफेक्चरस्थित हिरोसाकी शहरमा प्रहरीले डेटिङमा रहेकी एक युवतीमाथि कुटपिट गरेको आरोपमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार, घटना साँझ करिब ५ बजे एक पार्क अगाडिको सडकमा भएको थियो ।

पक्राउ पर्नेमा कम्पनीमा कार्यरत २० वर्षीय किमिस्के ओवारी रहेका छन् । उनीमाथि आफ्नी प्रेमिकाको कपाल समातेर सडकमा घिसारेको आरोप लगाइएको छ । एक बटुवाले प्रहरीलाई ११० नम्बरमा फोन गरी घटनाबारे जानकारी दिएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर ओवारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले जनाएअनुसार, ओवारी र पीडित महिला प्रेम सम्बन्धमा थिए । पीडित महिलाले यसअघि दुई पटक आफ्नो प्रेमीबाट भइरहेको समस्याबारे प्रहरीसँग परामर्श लिएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया