समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
बिहीबार तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रबार घटेर १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार २७० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर २ हजार २३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।








