Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानकी सबैभन्दा ज्येष्ठ नागरिक, ११४ वर्षीया मियोको हिरोयासुको निधन भएको छ । दक्षिण-पश्चिम जापानको ओइता प्रिफेक्चरस्थित नाकात्सु निवासी हिरोयासुको निधन भएको जानकारी सरकारले बुधबार दिएको हो ।

उनको मंगलबार निधन भएसँगै अब पश्चिम जापानको नारा प्रिफेक्चरस्थित यामातोकोरियामा बस्ने ११४ वर्षीया शिगेको कागावा जापानको सबैभन्दा ज्येष्ठ नागरिक बनेकी छिन् ।

नाकात्सुका मेयर मासानोरी ओकुजुकाले भने, ‘उहाँको स्वास्थ्य अवस्था कमजोर रहेको सुनेको थिएँ, उहाँको निधनको खबरले मलाई दुःखी बनाएको छ । उहाँ दीर्घायुका लागि आशा र ऊर्जाको स्रोत हुनुहुन्थ्यो ।’

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, हिरोयासुको जन्म सन् १९११ जनवरी २३ मा भएको थियो भने कागावाको जन्म सोही वर्षको मे २८ मा भएको हो ।

तपाईको प्रतिक्रिया