Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –बलात्कारको गम्भीर आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (झा) ले आफूलाई आरोप लगाउने युवतीविरुद्ध नै कानुनी लडाइँ सुरु गरेका छन् । अहिराजले पीडित भनिएकी युवतीमाथि आपराधिक लाभ (ब्ल्याकमेलिङ) गरेको दाबीसहित दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर भएको छ ।

अहिराजले आफ्नो जाहेरीमा युवतीले आफूलाई धम्क्याएर २० लाख रुपैयाँ मागेको र रकम नदिए सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्मको धम्की दिएको उल्लेख गरेका छन् । सुरुमा मागिएको २० लाखमध्ये आफूले तीन लाख रुपैयाँ नगदै दिएको दाबीसमेत उनको छ । यही जाहेरीको अनुसन्धानपछि प्रहरीले बलात्कार पीडित युवतीलाई फरार प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो ।

यता, अहिराजविरुद्ध भने मंगलबार नै जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । गत जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक्लै भएको अवस्थामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । यही आरोपका आधारमा उनी पक्राउ परेका थिए ।

पूर्वप्रदेश प्रमुख जस्तो उच्च पदस्थ व्यक्ति मुछिएको यो प्रकरणमा बलात्कारको आरोपसँगै ‘ब्ल्याकमेलिङ’ को दाबी पनि जोडिएपछि यसलाई थप रहस्यमय बनाएको छ । 

तपाईको प्रतिक्रिया