Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको बताएकी छन्। पोखराको लेकसाइडमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको उद्घाटन कार्यक्रममा उनले पोखरा प्राकृतिक रूपमा सुन्दर सहरको रूपमा स्थापित भइसकेको बताइन्। बाल्यकालमा पोखरा आएको सम्झना गर्दै मन्त्री देउवाले त्यसबेला पनि पोखराको सौन्दर्य लोभलाग्दो भएको बताइन्। उनले हाल जलवायु परिवर्तनका असरहरू बढ्दै गइरहेका र छिमेकी क्षेत्रमा बाढीका खबर आएकोले सतर्क रहनुपर्ने उल्लेख गरिन्।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहकार्य र समन्वय गर्दै दिगो विकासमा लाग्नुपर्ने उनको भनाइ छ। नेपालले जैविक विविधता संरक्षणमा गरेको योगदानको प्रशंसा गर्दै उनले बगैँचा रिसोर्टले त्यसलाई प्राथमिकता दिएको बताइन्। उनले स्वदेशमै केही गर्नुपर्ने सन्देश दिन रिसोर्ट स्थापना गरिएको बताउँदै, विदेशको मेहनतले पैसा आर्जन भए पनि स्वदेशको मेहनतले इज्जत र योगदान दुवै मिल्ने भनाइ राखिन्।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई प्रकृतिको उपहार भने भने अंशुभरा ग्रुपका नेताहरूले नविन सोचका साथ पर्यटन र रोजगारीमा काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया