Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – रुसको सुदूर पूर्वी कामचाट्का प्रायद्वीपको तटमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले प्रशान्त महासागरको तटीय क्षेत्रमा सुनामीको त्रास फैलाएको छ । भूकम्पपछि रुस, जापान र संयुक्त राज्य अमेरिकाका पश्चिमी तटीय राज्यहरूमा सुनामीको चेतावनी जारी गरिएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभस्क-कामचाट्स्की शहरबाट करिब १२६ किलोमिटर टाढा र १८ किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पलाई सन् १९५२ पछिकै सबैभन्दा शक्तिशाली मानिएको छ । 

भूकम्पको केन्द्रविन्दु नजिकै रहेको रुसको कामचाट्का प्रायद्वीपमा ३ देखि ४ मिटरसम्म अग्लो सुनामीको छाल आएको क्षेत्रीय आपतकालीन मन्त्री सर्गेई लेबेडेभले पुष्टि गरेका छन् । रुसको आपतकालीन मन्त्रालयका अनुसार, करिब २,००० जनसंख्या भएको सेभेरो-कुरिल्स्क शहरको केही भागमा सुनामीको पानी पसेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा शहर नजिकै पानीको बहाव बढेको देखिन्छ ।

कामचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले भूकम्पलाई ‘दशकौँकै सबैभन्दा शक्तिशाली’ भन्दै बासिन्दाहरूलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । भूकम्पबाट केही भवनमा क्षति पुगेको छ भने पेट्रोपाभ्लोभस्क-कामचाट्स्कीमा रहेको एक किन्डरगार्टेनमा क्षति पुगेको प्रारम्भिक तस्बिरहरूले देखाएका छन् । केही व्यक्तिहरूलाई सामान्य चोट लागेको र उनीहरूको अवस्था खतरामुक्त रहेको स्थानीय स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

जापानमा व्यापक तयारी, हजारौंलाई सुरक्षित स्थानमा सारियो
जापानले आफ्नो प्रशान्त महासागरतर्फको फराकिलो तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ, जुन होक्काइडोदेखि वाकायामा प्रान्तसम्म फैलिएको छ । जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको छाल ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । होक्काइडोको नेपुरोमा ३० देखि ४० सेन्टिमिटरसम्मको छाल पुगिसकेको र त्यसपछिका छालहरू अझ शक्तिशाली हुन सक्ने बताइएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिको मूल्यांकन गर्न एक कार्यदल गठन गरिएको र राहत कार्यमा “मानव जीवनलाई पहिलो प्राथमिकता” दिइने बताएका छन् । फुकुशिमा दाइची र दाइनी आणविक ऊर्जा केन्द्रका सबै कामदारलाई सुरक्षित तथा अग्लो स्थानमा सारिएको र हालसम्म कुनै असामान्य अवस्था नदेखिएको सञ्चालक कम्पनी टेप्कोले जनाएको छ । 

अमेरिकाको पश्चिमी तटमा उच्च सतर्कता
भूकम्पको असर संयुक्त राज्य अमेरिकाको पश्चिमी तटसम्म पुगेको छ । हवाई र दक्षिण तथा दक्षिणपूर्वी अलास्काका क्षेत्रहरूमा उच्च तहको सुनामी चेतावनी जारी गरिएको छ, जसको अर्थ जीवन र सम्पत्तिको रक्षाका लागि तत्काल अग्लो स्थानमा जानुपर्छ भन्ने हो । क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा भने शक्तिशाली करेन्ट र खतरनाक छालहरू आउन सक्ने भन्दै तल्लो तहको सल्लाह जारी गरिएको छ ।

हवाईको राजधानी होनोलुलु रहेको ओआहु टापुका ठूला भागहरूमा “तत्काल खाली गर्न” आदेश दिइएको छ । हवाईका गभर्नर जोश ग्रीनले बासिन्दाहरूलाई शान्त रहन र सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । हवाईमा ३ देखि १० फिटसम्मको सुनामीको छाल आउन सक्ने अनुमान गरिएको छ ।

प्रख्यात भूकम्पविद् डा. लुसी जोन्सका अनुसार, सुनामीले हवाई र क्यालिफोर्नियाका बन्दरगाह तथा तटीय सम्पत्तिमा क्षति पुर्‍याउन सक्ने भए पनि अमेरिकी महाद्वीपमा ठूलो मानवीय क्षतिको सम्भावना भने कम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत नागरिकलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेका छन् ।

शक्तिशाली भूकम्पका कारण इक्वेडरसम्म ३ मिटर अग्लो सुनामीको छाल पुग्न सक्ने अमेरिकी सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीप भूकम्पीय र ज्वालामुखीय रूपमा अत्यधिक सक्रिय मानिन्छ । यस क्षेत्रमा बारम्बार शक्तिशाली भूकम्प जाने र ज्वालामुखी विस्फोट हुने गर्दछन् ।

तपाईको प्रतिक्रिया