समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३० दशमलव ७६ अंकले बढेर ३,००२.०७ विन्दुमा पुगेको छ। यो वृद्धि एक दशमलव ०३ प्रतिशत हो।
मंगलबार ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १ लाख ५७ हजार ५२५ पटक किनबेच हुँदा कुल १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको भए पनि बाँकी सबै समूहको उपसूचक बढेको छ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर ८ दशमलव ६० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर संख्याका आधारमा भने प्रभु बैंक लिमिटेडको १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भएको छ।








