Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका दिन पर्ने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। धार्मिक र सांस्कृतिक महत्व बोकेको यस पर्वमा काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशका विभिन्न नागस्थान, नागदह र कुण्डहरूमा पूजाआजा, जल चढाउने र प्रसाद वितरणजस्ता धार्मिक कार्यक्रमहरू भव्य रूपमा भइरहेका छन्। श्रद्धालुहरू बिहानैदेखि पूजाका सामग्री लिएर ती स्थलहरूमा पुगिरहेका छन्।

परम्पराअनुसार आजको दिन घरको मूलढोकामा नागको चित्र टाँसी गाईको दूध, दूबो, अक्षता, खीर, रोटी लगायतका सामग्री अर्पण गरेर पूजा गरिन्छ। नाग पूजाको परम्परा वैदिक कालदेखि सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नाग सर्पहरूको राजा हुन् र उनीहरूको क्रोधले पानीको अभाव हुने जनविश्वास छ। त्यसैले वर्षा र समृद्धिको कामना गर्दै नागको पूजा गरिन्छ।

नागलाई भगवान् विष्णु र भगवान् शिवसँग पनि जोडिएको छ। धार्मिक ग्रन्थअनुसार भगवान् शिवले नागलाई गलामा माला जस्तै धारण गरेका छन् भने भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा शयन गरिरहने उल्लेख पाइन्छ।

तपाईको प्रतिक्रिया