Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने अनुमति नदिने निर्णय गरेको छ ।

राजनीतिक गतिविधिका सिलसिलामा देशका विभिन्न भागहरूमा जानुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले विशेष अदालतमा वारेस राख्न निवेदन दिएका थिए । तर विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले उक्त निवेदन अस्वीकार गर्दै वारेस राख्ने सुविधा नदिने फैसला सुनाएको हो ।

अदालतमा कुनै व्यक्तिले आफ्नो तर्फबाट प्रक्रिया अघि बढाउन अर्काे व्यक्तिलाई खटाउन पाउने प्रावधान अनुसार ‘वारेस’ तोक्ने चलन छ । रिट तथा देवानी प्रकृतिका मुद्दामा वारेस राख्न अदालत सामान्यतः सहमत हुने गर्छ ।

तर फौजदारी प्रकृतिका मुद्दा, विशेष गरी तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मामिलामा भने अदालत कठोर रहने नीति अवलम्बन गर्छ । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध चलिरहेको मुद्दा गम्भीर प्रकृतिको भएको निष्कर्षमा पुग्दै अदालतले वारेस राख्न अनुमति नदिएको स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया