Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुने भएको छ।

दुई नेताबीच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता तय भएको हो। अध्यक्ष नेपालनिकट एक स्रोतका अनुसार, “दुई नेताबीच सिंहदरबारमा ३ बजे छलफल हुने तय भएको छ। छलफलको विषय भने अहिले स्पष्ट भइसकेको छैन।” स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक डाक्ने विषयमा छलफल हुनसक्छ। साथै, मोर्चाले यसअघि आयोजना गरेका कार्यक्रमहरूको समीक्षा पनि हुनसक्नेछ।

गत चैत महिनादेखि समाजवादी मोर्चाको बैठक बस्न सकेको छैन। यस सन्दर्भमा नेतृत्व तहबीच समन्वयको प्रयास भइरहेको बुझिएको छ।

तपाईको प्रतिक्रिया