Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता चंकी पाण्डेले आइतबार काठमाडौंको प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। उनले पूजाआजा गर्दै खिचिएका केही तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्।

फोटोसँगै उनले लेखेका छन्, “श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भएको छ।” हिन्दु पात्रोअनुसार साउन महिनालाई भगवान शिवको विशेष महिना मानिन्छ। साउन सुरु भएसँगै नेपाल र भारतका धेरै हिन्दु श्रद्धालुहरू पशुपतिनाथ मन्दिरमा पूजा गर्न आउने गर्छन्।

अभिनेता चंकी पाण्डे अभिनीत नयाँ फिल्म ‘सन अफ सरदार २’ आगामी शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ।

तपाईको प्रतिक्रिया