Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापामा लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। गोली लाग्ने व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्रका करिब ३६ वर्षीय मोहम्मद इस्लाम हुन्।

शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडकमा शंकास्पद रूपमा हिँडिरहेका इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो। तीमध्ये एक राउन्ड गोली इस्लामको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीको भनाइ छ।

लागूऔषध ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार मोहम्मद इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन फेला परेको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। हाल घाइते इस्लामको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया